के तपाइको मोबाइल अटो अपडेट भएर हैरान हुनु भयेको छ भने यहाँ हेर्नुस बन्द गर्ने तरिका

Written By : www.npcomputercourse.com Published on 2016-03-12
Np Computer Course Dear Lama santosh

नमस्ते सम्पूर्ण साथी अनि दाजु भाइ हरुमा सबैमा नमस्ते गरे है सुइकार्नु होला | केहि समय को पर्खाइ पछि फेरी आज सानो टिप्स लिएर म तपाई हरु सामु हाजिर भै सके आशा गरौ तपाई हरु फेरी खुसि हुनु भएको छ |

म आज धेरै खुसि छु तपाई हरुको माया ले गर्दा आफ्नो जिबन को पानामा दुखि भए पनि तपाई हरु सामु र तपाइँ हरुको माया ले गर्दा आज म खुसि छु | मेरो हरेक कम्प्युटर पोस्ट हरुलाई मन पराइ शेर अनि लाइक गरिदिनु हुने सम्पूर्ण साथि भाइ हरुलाई हिर्दय देखिनै धेरै-भन्दा धेरै धन्यबाद दिन चाहन्छु | अझै माया साथ् हौसला हरु दिदै जानु होला म भित्र कुनै स्वार्थ लुकेको छैन जे मैले जानेको छु तेही तपाइलाई देखाऊछु जुन मैले जानेको छैन तेस्मा मैले तपाई हरुलाई आउछ भनेर आश देखाउने मेरो बानि कहिले बसेन र नबसोस पनि आज मैले कम्प्युटर चलाएको ३ साल भयो जुनबेला म कम्प्युटर चालाथे त्यो बेला मलाई केहि आउदैन थियो तर संजोक हुदा हुदै आज म एउटा कम्पनी को म्यानेजर भएर बस्न पाउदा र अझै आफुलाई एती धेरै बिजी भएको देख्दा आफुले आफुलाई नै भाग्यमानी ठानेको छु | हुनलाई आफ्नो बढाई चढाई मैले गर्न खोजेको हैन म जस्तै अँनप्ड भाइ बहिनि हरुलाई बुद्दी आओस भनेर एउटा चेतना मात्र दिन खोजेको हु मैले | विदेश मा हुन् हुन्छ आज तपाई संग पैसा होला तर तपाई संग शिप छैन भने त्यो पैसा त् आज कमाइन्छ तर भोलि तेस्लाई खर्च गरिन्छ तर केहि शिप हरु विदेश मा बस्दा नै सिख्नु भयो भने अबस्य तपाइले भबिस्य मा कहिले दु:ख पाउनु पर्दैन यो मेरो सत्यता को कथा हो हिज को दिन मा म ईट्टा बनाउदै गलैचा बुन्दै थानकोट मा सिमेन्ट बोक्दै हिनेको मान्छे मलेसिया गए पछिको जिबन लाइ मैले धेरै दुख कस्ट गरि अधि बढ्दै गए धेरै साथी भाइ हरुले मलाई पागल समेत भने घर बाट छोराले पैसा पठाएँन भनेर गाह्र बाट समेत निकालियो तर आज संघर्स गर्दै गर्दै आज साउदी मा आइ पुग्दा कुनै एउटा कम्पनी बाट अर्को कम्पनी मा सर्ने सम्म भएको छु | आज म्यानेजर को रुप मा मलाई देख्दा ति मलाई डाहा गर्ने साथि भाइ हरुलाई हेर्छु उहा हरुले डाहा गर्नु भयो तर म जसरि दुख गर्नु भएन मैले दुख गर्दै गए तर आज सफल्ता हात मा मिलेको छ | विदेश बाट नै भए पनि केहि नेपाली लाइ सहयोग गर्ने हिम्मत मिलेको छ बिभिन्न निकाए संग सस्था हरु ले सम्झिएको छ | यो भन्दा ठुलो खुसि एउटा अनपड लाइ अरु के हुन् सक्छ आज हाउस डिजाइन गर्दै छु कत्ति डिजाइन हरु पास भै पनि सके कत्ति pending मा पनि छन् तर सफल्ता लाइ हात मा एती छिट्टै लिन सकिन्छ भनेर कल्पना समेत गरेको थिएन दुख गरे फल अबस्य मिल्छ अब मन मा अझै पढ्ने हिम्मत जागेर आउदै छ | अब मलाई पढाइ को खाचो छ अबस्य नेपाल गएर पढ्ने छु | साथ मा आफ्नो काम लाइ निरन्तरता दिने छु | मैले मेरो बारेमा थोरै भने तपाई हरुले एस्लाई कथा नस्मझिनुस एउटा सत्य घटना हो तपाइको बाल बच्चा लाइ तपाई जतिनै सहि बाटोमा हिनाउनुस तर उसले उल्टा बाटो अबस्य अपनाएको हुन्छ | तर तपाइले आधि घृणा आदि माया गर्नुस उसले सहि बाटो केहो गलत बाटो केहो आफै खोजेर हिड्ने छ कोसिस गर्नुस यो सानो भाइले आज किन येसो भन्यो भनेर नभन्नुस मैले धेरै दुख कस्ट भोगी एस ठाउमा उभिएको छु सोच्नुस एक पल्ट |

तपाई हरु निरास हुनु भयो होला आज मैले लिएर आएको टिप्स तिर तपाई हरुको ध्यान लान चाए आज मैले लिएर आएको छु | मोबाइल समन्धी केहोला गेस गर्नुस गर्नु भएन भने तपाइलाई म आफै भन्दिने छु | आज मैले लिएर आएको मोबाइल टिप्स छ | कि तपाइको मोबाइल मा भएको Software हरु आफै Update नहुन लाइ के गर्नु पर्ला कत्ति पय हामी अफिस मा हुदा आफै मोबाइल मा भएको एप्लिकेसन हरु अपडेट हुने गर्छ यो गलत हैन तर काम कुरा एका तिर कुम्लो बोकी ठिमी तिर भनेझै काम अर्को तिर हुन्छ एता मोबाइल मा अपडेट भएर मोबाइल झनै ह्यांक भै रहेको  हुन्छ तेसैले एस बाट मुक्त हुन् को लागि तपाइले के गर्नु पर्ला भने सबै भन्दा पहिला तपाई Google Play Store मा जानुस यहाँ तल चित्र हेर्नुस

12177722_1846936858866449_1991378934_n

अनि माथि को चित्र हेरी सक्नु भए पछि तपाइले हल्का मुनि जानुस र त्यहाँ Setting भनेर देख्नु हुने छ तेस्मा क्लिक गर्नुस उदहारण को लागि चित्र हेर्नुस है

12834899_1846936905533111_532033203_n

अब तपाइले माथिको पनि चित्र हेरी सके पछि Auto-update-apps  लेखेको देख्नु हुने छ | तेस्मा क्लिक गर्नु होस् र तपाइको त्यहाँ एउटा सानो Dialog Box खुल्ने छ तेस्मा Automatic मा टिक लगाएको देख्नु हुने छ सबै भन्दा पनि तपाइले ए गर्नु पर्यो भने Do not auto-update apps मा टिक लगाउनुस बस एती गरि सके पछि तपाइलाई बारम्बार अपडेट को झमेला बाट मुक्ति पाउनु हुने छ |

12825536_1846936995533102_520443641_n12834911_1846937098866425_856731140_n

धन्यबाद तपाई हरु सहि र्सरल तरिकामा सफल हुनु भएको छ | धेरै धेरै धन्यबाद दिन चाहन्छौ एदी तपाई हरु कुनै कम्पनी मा काम गर्दै हुन् हुन्छ | या तपाई English नजानेर दिक्क हुन् हुन्छ भने हामीलाई सम्झिनुस हामी सके सम्म तपाइलाई हेल्प गर्ने छौ या तपाई कुनै काम गर्दा गर्दै नजानेर अलमल्ल मा पर्नु भएको छ | भने हामीलाई फटा फट Email गर्नुस tamangsantosh088@gmail.com मा पठाउनुस १ घन्टा भित्र तपाइको समस्या को साबधान म गरिदने छु | कुनै Excel Project होस् या Account Project होस् या Summary Report Data Entry या अरु अन्य कुनै पनि समस्या को साबधान म गरि दिने छु | एदी तपाई को मेल ३० मिनेट भन्दा १ घन्टा सम्म पनि रिटन आएन भने हामीलाई Facebook मा एड गरि सम्झिनु होस् तपाइको हरेक पाइला मा साथ् दिने छौ धन्यबाद जय नेपाल |

Email: tamangsantosh088@gmail.com

Skype: lamasantosh.73

Mobile:+966-590804731

Thank you

Dear Santosh

सम्बन्धित


+ View All News